SunoVideo

No Music Video Found

Timrei maya
Listen on Suno

Timrei maya

10
Artist:Kiran Shrestha
Duration:4:02
Tags:Nepali adhunik romantic ballad. Mood: soft romantic,destiny-driven love,emotional but calm. Tempo: slow–medium. Instruments: acoustic guitar lead,light piano pads,soft strings,subtle bass,minimal percussion. Vocal: emotional male Nepali vocal,warm tone,clear diction,no heavy effects. Structure: Intro (instrumental 8 bars) → Verse → Chorus → Verse → Chorus → Bridge (emotional lift) → Chorus repeat → Outro fade. Singing style: smooth,melodic,heartfelt,no rap,no folk shout. Lyrics language: Nepali (use provided lyrics exactly). Production: clean studio mix,cinematic depth,radio-ready Nepali song.
तिम्रै माया लाग्न थाल्यो– देखेपछि भेटेपछि
तिम्रै माया लाग्न थाल्यो– देखेपछि भेटेपछि
सुस्त मुटु जाग्न थाल्यो– पिरतीले सेकेपछि
हिजोसम्म ठिकै थियो– अहिले केको छटपटी
टारी कैल्यै नटर्ने यो– विधाताले लेखेपछि 
तिम्रै माया लाग्न थाल्यो– देखेपछि भेटेपछि

कति कति फूलहरू आँखैअगि फुलेकाथे
जून–तारा सँगसँगै मेरै सामु झुकेकाथे
भागी जान सकिएन– नजरैले छेकेपछि
तिम्रै माया लाग्न थाल्यो– देखेपछि भेटेपछि
टारी कैल्यै नटर्ने यो– विधाताले लेखेपछि

समयको केही पनि बहिखाता राखिएन
तिमीसँगै भेट हुन्छ भन्ने पनि सोचिएन
मुटु पनि काँप्दो रैछ– भाग्यले नै टेकेपछि
तिम्रै माया लाग्न थाल्यो– देखेपछि भेटेपछि
टारी कैल्यै नटर्ने यो– विधाताले लेखेपछि
टारी कैल्यै नटर्ने यो– विधाताले लेखेपछि
टारी कैल्यै नटर्ने यो– विधाताले लेखेपछि
विधाताले लेखेपछि