SunoVideo

No Music Video Found

रातो श्रृङ्गार
Listen on Suno

रातो श्रृङ्गार

10
Artist:Poudelsudip
Duration:3:34
Tags:Sad
प्रिय rose ,
तिमी भमराको लागी जति प्रिय छेउ ,
 ऊनी मेरो लागि त्यो भन्दा कयौं गुना बढी ,
तिम्रो बगैचामा म आउनुको तात्पर्य ,
 तिम्रो त्यो मुस्कुराइ रहेको लालित्य जोबन खोस्नु हैन ,
तिम्रो  त्यो रातो श्रृङगारलाई मेरी ऊनीको  हातमा देख्ने, ठुलो रहर छ,
खै , बिबस छु म , प्रेम दिवसको प्रेमिल सन्सारको रितिको
पछि लागेर आए कि?
तर मेरो उदेश्य  अरु जसरी तिम्रो प्राण हरण गर्ने होइन ,
म त मेरी उनिको शिरमा तिमिलाइ जिवन्त देख्न चाहन्छु ,
मन्जुर छ ,तिम्रा रक्षारुपि काडाले मेरो हस्तबाट  रगत निकालुन,
म तिमिलाइ मेरो प्रेमिल सन्सार देखाउन चाहन्छु ,
तिम्रो प्रेमिल सन्सारबाट मेरो प्रेमको भ्रमण गराउन चाहान्छु ,
ऊनी तिमी जस्तै छिन् ,
सुन्दर ,कोमल अनि सुमधुर ,
तिम्रा पंखुडीहरु झै उनका अनुहारका भाबहरु,
आहा !मुस्कुराउदा त  उनको गाला तिमी झै रातो हुन्छ,
रिसाउदा तिम्रा काडाहरु झै कुरुर बन्छिन 
तर खुशी हुदा उन्का ओठ तिमी जस्तै देखिन्छन् ,
rose ,
 तिमीलाई टाढा लैजादै छु,
 तर त्यो दुनियाँ मेरो अशिमित प्रेमको बगैंचा हो, 
केहि दिनमा तिमिले आफै आफ्नो बृक्षको परित्याग गर्नेछेउ,
मेरा लागि  एक दिन अगि गएर मेरि उनीका अँखामा  मनुष्य प्रेमको आभास  गर्नु है, 
तिमिलाइ उन्ले त्यो दिन अत्यन्त  प्रेम गर्छिन ,
 तिमिले आफ्नो दुनियाँ नै  बिर्सनेछेउ , 
अनि तिमिलाइ तिम्रो अस्तित्व रहेन्जेल समालेर राख्ने छिन,
धर्तीमा तिमिलाइ बिलिन हुन समय लाग्ला ,तर
तिमी रहुन्जेल मेरि उनिको साथमा हुनेछेउ,
उन्लाइ मेरो अनन्त प्रेमको आवश गराउनु है ।।